१९ बर्षका युवकले यी किशोरीको बलात्कार गरे र उनको टाउको काटेर पानीमा उमाले…



आजको समाजलाई हामीले विकसित समाज भनेर चिन्ने गरेका छौँ । तर यहि समाजमा दिनहुँ यस्तो घटनाहरु घट्ने गरेका छन्, जुन घटना सुन्दा नै जिउ सिरिङ्ग भएर आउँछ । मानिसलाई चेतनशील प्राणी भनेर चिनिन्छ । तर केही घटना सुन्दा मानिसमा चेतना नै छैन भन्ने महशुस हामीलाई भैरहेको हुन्छ । यस्तै डरलाग्दो घटना अलमाटी सहरमा घटेको छ ।

अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने एक युवती बेपत्ता भएपछि उनको खोजी गरिएको थियो । अनुसन्धान गर्दै जादाँ युवतीको बलात्कारपछि हत्या भएको पाइयो । वास्तवमा भएको के रहेछ भने एक १९ बर्षका केटा, जसको सामान्य चिनजान युवतीसँग थियो । उनले एकदिन युवतीलाई फकाएर आफ्नो घरमा बोलाए । त्यसपछि उनले युवतीको बलात्कार गरे । बलात्कार गरिसकेपछि उनले युवतीको टाउको काटे ।

त्यसपछि उनको शवका सबै औंलाका नङहरु उखेले, सबै दाँत भाँचेर प्लास्टिकको झोलामा राखे । उनको काटिएको टाउकोलाई पानीमा हालेर उमाले । बाँकी रहेको शवका पनि सबै हातखुट्टा काटे । द सनको रिपोर्टअनुसार सुन्दासमेत सातो जाने यो जघन्य अपराध कजाखस्तानमा भएको हो ।

अहिले प्रहरीले उक्त अपराधीलाई पक्राउ गरिसकेको छ । यो घटना मृतक किशोरीका दाईले मिडियालाई दिएको अन्तवार्तापछि बाहिर आएको हो ।

रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफ्नै घाँटी काटेका थिए । मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आरोपीले शव टुक्रा टुक्रा पारेर शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै अपराध लुकाउने प्रयास गरेको स्वीकार गरेका छन् । पहिचान नहोस् भनेर उनले पीडितको टाउको उमाल्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्