
एक प्रेमीले आफ्नी प्रेमिकालाई कुटेर उनको हत्या गरेर अहिले फरार भएका छन् । निकोलास लोरी माइचोन नामका यी ब्राजिलियन युवामाथि आफ्नी गर्लफ्रेण्ड एना पाउला कोटिन्होलाई मारेको आरोप छ ।
एक पुल पार्टीका क्रममा कोटिन्हो पानीमा हाम्फाल्ने क्रममा उनको बिकिनी खुकुलो भएको थियो । बिकिनी खुकुलो भएपछि उनका स्तन देखिएका थिए । डेलीमेलका अनुसार ब्राजिलको साओ पाउलोनजिकै इटापेसेरिकामा यो पार्टी मार्च १८ का दिन भइरहेको थियो ।
कोटिन्होका ब्वाइफ्रेण्डले उनले जानी जानी सबैलाई स्तन देखाएको भन्दै उनलाई बेस्सरी कुटे । उनीहरु दुइजना सँगै घर पनि आएका थिए । तर अचानक कोटिन्होलाई अस्पताल पुर्याउने पर्ने अवस्था आएपछि मात्र उनको परिवारले छोरीको हालतबारे थाहा पाए । कोटिन्होलाई अस्पताल पुर्याएर उनका ब्वाईफ्रेण्ड भने त्यहाँबाट फरार भए । अस्पतालमै कोटिन्होले ज्यान गुमाइन् ।





