बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो सहित)



काठमाडौँको कपनस्थित बाल उद्धार माध्यामिक विद्यालयको ३१ औँ बार्षिकत्सव तथा सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले दक्ष शिक्षक, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बाल उद्धार सामुदायिक विद्यालयहरुमा उत्कृष्ट रहेको बताएका छन् ।

देशका अन्य सामुदायिक विद्यालयहरुलाई समेत बाल उद्धारकै अवस्थामा पुर्याउन जरुरी रहेको बताउँदै २०४६ पछि खस्किएको सामुदायिक विद्यालयको साख क्रमशः माथि उठ्दै गएकोमा खुसी व्यक्त गर्दै पूर्व प्राथमिक तहमा पढाइरहेका शिक्षकहरुलाई प्रक्रियामार्फत स्थायी गर्न लागिएको जानकारी समेत दिएका छन् ।

रोटरी क्लब अफ पशुपतिद्धारा बाल उद्धार मा.वि.लाई क्यान्टिन फर्निचर सहयोग

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले नयाँ व्यवस्थापन समितिको आगमनपछि विद्यालयमा सुधारका सकारात्मक प्रयासहरु भएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय शिक्षाको लागि अझ बढी क्रियाशील रहन सचेत गराएका थिए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१० का अध्यक्ष नवराज भट्टराईले वडा कार्यालय र नगरपालिकाले बाल उद्धारको विकासमा हातेमालो गर्दै आइरहेको बताउँदै वर्तमान समयमा देखिएका सकारात्मक परिणामहरु अझ बढाएर लानु पर्नेमा जोड दिए ।

पञ्चायती व्यवस्थाको अन्त्यसँगै २०४६ सालमा स्थापना भएको बाल उद्धार विद्यालयमा हालसम्म ९ पटक विद्यालय व्यवस्थापन समिति र ६ पटक प्रधानाध्यापक फेरिएका छन् । ८ बर्षपछि भएको बार्षिकोत्सवमा विद्यालयले सबै पूर्व व्यवस्थापन समिति अध्यक्ष र पूर्व प्रधानाध्यापकहरुलाई सम्मान गरेको थियो । त्यसको साथै विद्यालयलाई विभिन्न ढगंले सहयोग पुर्याउने समाजसेवी तथा प्राज्ञिक व्यक्तित्व र सामाजिक संघसंस्थाहरुलाई पनि सम्मान गरेको थियो ।

प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट

बिहान १० बजेबाट सुरु भएको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम साँझ ६ बजे समापन भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत आस्था घिमिरे, अमृतराज पन्त, पासाङ भोटे, भिषण कार्की, मनिषा आचार्य र सोनाम तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यालयका पूर्व प्रधानाध्यापक होम प्रसाद वाग्लेबाट स्वस्ति बाचनसँगै सुरु भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक राजन प्रसाद रेग्मी, विभिन्न कक्षामा अध्ययरत विद्यार्थीहरुले स्वागत नृत्य गरेका थिए भने विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक बिनोद पण्डितले प्रस्तुत गरेका थिए ।

बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित

प्रतिक्रिया दिनुहोस्