अन्ततः मेलम्चीको पानी आज दिउँसो १ बजेबाट घर–घरमा छोडिदैँ



अन्ततः आजदेखि काठमाडौँका घर घरमा मेलम्चीको पानी वितरणको थालनी गरिदैँछ ।

चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानीलाई हाल जम्मा गर्ने काम गइरहेको छ । खानेपानी मन्त्रालयका अनुसार दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भैरहेको छ ।

पानी वितरण गर्ने तयारी स्वरुप यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव लगायतका पदाधिकारी बैठक बसिरहेका छन् ।

आज ४ करोड लिटर मेलम्चीको पानी काठमाडौँका विभिन्न ठाउँमा वितरण गर्न लागिएको हो र आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड पानी काठमाडौमा नियमित रुपमा बितरण थालिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्