सात बर्षकी बालिकालाई प्रहरीले गोली हानेर मारिदिए, यस्तो थियो कारण…



म्यानमारमा ७ बर्षीया बालिकाको गोली हानी हत्या भएको छ ।

गत महिनाको सैन्य कूपछि भएको दमनमा उनी सबैभन्दा कान्छी ज्ञात शिकार भएकी छिन् । प्राप्त जानकारी अनुसार ती बालिकाको घरमा आक्रमण हुदाँ उनी आफ्ना पिता भएतिर दौडिरहेकी थिइन्, तर त्यहि समयमा प्रहरीले गोली हानेर उनको हत्या गरिदिए ।

पिताका अनुसार बालिकालाई अस्पताल लैजाँदै गर्दा आधा घण्टामा नै उनको मृत्यु भएको थियो । पुलिसले उनका १९ वर्षका छोरालाई पनि पक्राउ गरेर लिएर गएका छन् । सेनाले मृत्युबारे टिप्पणी गर्न बाँकी नै छ ।

विरोध प्रदर्शन जारी रहँदा म्यानमारको सेनाले पनि आफ्नो बल प्रयोग बढाइरहेको छ । अधिकार समूह सेभ द चिल्ड्रेनले बताएअनुसार दमनमा मारिएका दर्जनौं मध्ये २० भन्दा बढी बालबालिकाहरू छन्। प्रदर्शनमा जम्मा १६४ जनाको ज्यान गएको सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्