
दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।





