आफ्नै पितालाई एक युवतीले रक्सी पिलाइन्, मातेर लठ्ठ परेपछि जिउँदै जलाइन्…



पश्चिम बंगालको कोलकतामा बस्ने २२ बर्षकी एक छोरीले आफ्नै पितालाई जिउँदै जलाएकी छिन् । सुन्दा पनि जिउ सिरिङ्ग भएर आउँछ । एउटा छोरीले आफ्नै पितालाई जिउँदै कसरी जलाउने सक्छिन् ? तर कोलकोतामा यो अप्रिय घटना घटेको छ ।

छोरीले पितालाई रेष्टुरेन्टमा लगेर खाना खुवाइन् । खाना खुवाएपछि टन्न रक्सी पनि खुवाइन् । रक्सी धेरै पिएर पिता एकदमै मातेका थिए । उनले आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । त्यहि कुराको फाइदा उठाएर छोरीले पिताको शरीरमा मट्टितेल खन्याएर जिउँदै आगो लगाइदिइन् । त्यसपछि एकछिनमै पिता जलेर खरानी भए ।

यो घटना घटनास्थल नजिकै जडान भएको एक सीसीटिभी क्यामेरामा रेकर्ड भएको टाइम्स अफ इण्डियाले जनाएको छ । पुलिसले ती युवतीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । समाचारअनुसार ती छोरीले आफ्नो अपराध स्वीकार गरेको पुलिसले बताएको छ ।

सोधपुछका क्रममा छोरीले आफू सानै हुँदा आफ्नी आमाको मृत्यु भएको र त्यसपछि पिताले आफ्नो पत्पीडन सुरु गरेको बताएकी छिन् । उनका अनुसार उनको विवाह भएपछि उत्पीडन रोकिएको थियो तर उनको विवाह सम्बनध तोडियो । त्यसपछि उनी घर आइन् अनि पिताले पुनः उत्पीडन सुरु गरे । यही कारण उनले पिताको हत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्