
लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको खुलासा भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे गर्भधारण गराएको प्रहरीले खुलासा गरेको हो ।
डिएसपी पाण्डेले आरोपितको उमेर यकिन भइनसके पनि बालिकाका आमाका अनुसार आरोपित बाबुको उमेर अन्दाजी ६५ वर्ष रहेको बताए । आरोपितमाथि पटक–पटक छोरीलाई बलात्कार गरेको आरोप छ । बालिका २० हप्ताको गर्भवती रहेको पनि उनले बताए ।
स्थानीयका अनुसार छोरीलाई बाबुले कुट्ने मार्ने धम्की दिँदै आएका थिए ।





