उत्कृष्ट प्रहरी सम्मानद्वारा बौद्ध बृतका डिएसपी नवीन कार्की सम्मानित



काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा कार्यरत प्रहरी कर्मचारीहरुबाट महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी नायब उपरीक्षक नवीन कार्की छनोट भएका छन् ।

प्रहरीबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौं जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार यस महिनाको “ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) मा महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक नवीन कार्की महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।

सर्बोत्कृष्ट घोषणा भएका उपरीक्षक कार्कीले नेपाल प्रहरीको विभागिय मुल्य(मान्यता आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रहेर उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको र अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्‍याएको भन्दै सर्बोत्कृष्ट प्रहरीमा छनौट भएका हुन् ।

साथै उपरीक्षक कार्कीले काठमाडौं जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले प्रशंसा पत्र प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्