पूर्वप्रेमीले एसिड छ्यापेपछि यी १८ बर्षकी किशोरीले गुमाइन् आखाँको ज्योति



टर्कीको इस्तानबुलस्थित एउटा अप्रिय घटना घटेको छ । आफ्ना इष्र्यालु पूर्वप्रेमीले एसिडले आक्रमण गर्दा १८ बर्षकी किशोरीले आखाँको ज्योति गुमाएकी छिन् ।

गम्भिर घाइते र त्रसित ती किशोरी अहिले अस्पतालमा उपचाररत छिन् । आस्या सेवाहिर नाम गरेकी युवतीले हालैमात्र आफ्नो १८ औँ जन्मदिन मनाएकी थिइन् । घाइते नै भएको भएपनि युवतीले आफूलाई आक्रमण गर्नेलाई भने राम्रोसँग चिन्न सकिन् ।

आस्या सिरियाली शरणार्थी हुन् । उनले पुलिसलाई बताएअनुसार उनले एमरेलाई छाडेकी थिइन् र आक्रमणको समयमा एमरेले मासक लगाएको भए पनि उनले पहिचान गर्न सकेकी थिइन् । आस्याका अनुसार एमरेले यसअघि पनि उनलाई मारिदिने धम्की दिएका थिए ।

आस्यालाई अस्पतालमा राखेर उनको अनुहार र शरीरमा ‘थर्ड डिग्री’ जलेको घाउहरुको उपचार भइरहेको छ । डाक्टरहरुका अनुसार अब उनी सदाका लागि दृष्टिविहीन भएकी छिन् । उनको एउटा आँखाले काम गर्दैन र अर्को आँखाको पनि १५ प्रतिशत मात्र क्षमता बाँकी छ । टर्किश मिडियामार्फत सार्वजनिक भएको भिडियो फुटेजमा उनी पूरै ब्यान्डेजले बेरिएको अवस्थामा अस्पतालको बेडमा देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्