
आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भैरहेको छापावाल सुन आज तोलामा ८६ हजार ८०० मा कारोबार भैरहेको छ । यसरी हेर्दा सुनको मूल्य तोलामा ६०० ले वृद्धि भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।





