७० बर्षको उमेरमा मास्टर्स डिग्री पास गरेर धेरैको लागि प्रेरणा बन्दै यी आमा…



मानिसमा कुनैपनि कुरा हासिल गर्नको लागि त्यस अनुसारको मेहेनत गर्नुपर्छ, असफलता कहिल्यै पाउनु पर्दैन । यस्तै यतिबेला सामाजिक सञ्जालमा ७० बर्षकी आमाले निकै चर्चा पाइरहेकी छिन् ।

२०२४ सालमा एसएलसी दिएकी ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठले पारिवारिक कारणले गर्दा बिचमा पढाई छोडिन् र फेरि पढाईलाई निरन्तरता दिएर २०३४ सालमा बिए पास गरिन् । त्यसपछि भने उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन पाइनन् ।

विवाहपछि आफूमाथि थपिएको जिम्मेवारीले उनले आफ्नो पढ्ने रहर पुरा गर्न पाइनन् । जति पढेकी थिइन् त्यसैको आधारमा शिक्षिका भइन् । नानीमैयाले २७ बर्ष शिक्षिका भएर विद्यार्थीहरुलाई पढाइन् । ६० बर्षको उमेरमा विद्यालयबाट रिटायर भएपछि भने घरमा नै बसिरहेकी थिइन् ।

यत्तिकैमा उनलाई फेरि पढ्न रहर जाग्यो र उनी कलेजमा भर्ना भइन् । यो कुरा विश्वास गर्न गाह्रो होला तर अहिले ७० बर्षकी आमाले यो उमेरमा आएर मास्टर्स गरिन् । त्रिविको दिक्षान्त समारोहमा कालो टोपी अनि हातमा मास्टर्सको सर्टिफिकेट लिएको उनको तस्बिर यतिबेला धेरैको लागि प्रेरणाको स्रोत बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्