आफ्नो भन्दा देवरको बिहेमा धेरै गहना किनिएपछि भाउजुले आफ्ना ३ छोरासहित विष पिइन्…



भारतको उत्तर प्रदेशको देवरियामा बस्ने ३२ बर्षकी रंगीता देवी नाम गरेकी महिलाले उनको देवरको बिहेमा आफ्नो बिहेमा भन्दा धेरै गहना किनिएको भन्दै आफ्ना ती जना छोराहरुलाई विष खुवाएर आफूले पनि विष खाइन् । विष पिएका कारण महिला र उनका एक छोराले ज्यान गुमाएका छन् भने २ छोरा जिउँदै छन् ।

भारतीय मिडिया अनुसार रंगीता देवीका देवर अम्बुजको बिहे हुने तय भइसकेको थियो । उनको विवाहको लागि केहीदिन अघि गहना किनियो । रंगीता देवीलाई बिहेमा जति गहना दिइएको थियो त्यो भन्दा अहिले कानको टपहरु बढी किनिएको थियो । यो कुरा मन नपरेपछि रंगीताले सासुलाई धेरै कुरा भनिन् र परिवारका अन्य सदस्यसँग पनि बोल्न छोडिन् । परिवारका अनुसार उनले सासुलाई पाठ सिकाउने पनि बताएकी थिइन् ।

एकदिन खाना खाएपछि रंगीता छोराहरु लिएर सुत्न गइन् । त्यसबेला उनले पतिलाई फोन गरेर देउरानीको लागि धेरै गहना किनिएको र अब आफूलाई पनि मगंलसुत्र चाहिएको बताएकी थिइन् । श्रीमानले भाईको बिहेपछि मगंलसुत्र बनाइदिने बताएका थिए । तर उनले श्रीमान आफ्नो कुरा नमानेपछि अरु केही नसोची छोराहरुलाई विष खुवाएर आफूले पनि बिष पिइन् ।

रंगीतासहित उनका छोराहरु १० वर्षमा जयराज, ६ वर्षका शिवराज र ५ वर्षका रामराजको हालत बिग्रिएपछि परिवारले उनीहरुलाई अस्पताल लगेका थिए । बरहज स्वासथ्य केन्द्र पुग्दा रंगीताको मृत्यु भइसकेको थियो । तीन छोराहरुलाई जिल्ला अस्पताल रिफर गरिएकोमा माइला छोरा शिवराजको पनि मृत्यु भयो । अन्य दुई छोराहरुलाई भने स्वासथ्यमा सुधारपछि डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्