स्थायी कमिटी बैठक ३ बजेलाई सारेर कानूनविद्सँग परामर्शमा जुटे प्रचण्ड–नेपाल समूह



काठमाडौं । साबिक नेकपाको प्रचण्ड–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरुसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गरेर सर्वोच्चले फैसला गरेपछि जटिलता निम्तिएको छ । यसमा अझै गहन र बृहत छलफलको आवश्यकता देखियो, साहले त्यसैबारे अझ प्रष्ट दुष्टिकोण बनाउन अध्यक्षहरु कानूनविद्हरुसँग परामर्शमा हुनुहुन्छ । ‘

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताईदिएसँगै दाहाल नेपाल समूहले आइतबारदेखि नै कानूनविद्हरुसँग सघन छलफलमा छन् ।

आइतबार साँझ पनि सिंहदरबारमा कानूनविद्हरुसँग छलफल गरेका थिए । सो छलफलमा कानूनविद्हरुले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए ।

कानूनविद्हरूको सुझाव र स्थायी सदस्यहरूको धारणालाई आधार बनाउँदै दाहाल-नेपाल समूहले धारणा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्