प्रचण्ड–नेपाल समूहको आकस्मिक संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठक केही बेरमै बस्न लागेको छ ।

बैठकको तयारीका लागि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दलको कार्यालयमा छलफलमा छन् । केहीबेरमै संसदीय दलको बैठक राख्ने तयारी उनीहरुको छ ।

केही बेरअघि अध्यक्षद्धय प्रचण्ड र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल तथा प्रमुख सचेतक देव गुरुङ र कृष्णभक्त पोखरेलले सभामुखसँग परामर्श गरेका थिए । परामर्शलगत्तै संसदीय दल बैठकको तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्