नेकपाको नाम विवाद न्यायाधीश श्रेष्ठ र रेग्मीको संयुक्त इजलासमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवाद न्यायाधीशद्धय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिरमा २०७५ मा निर्वाचन आयोग लगायत विरुद्द मुद्दा दर्ता गरेका थिए ।

आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (नेकपा) भएकाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीलाई नेकपा बनाएर दर्ता गर्न दिएको थियो ।

आयोग स्रोतका अनुसार अदालतले कट्टेलको पक्षमा फैसला गर्यो भने ओली-प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्