‘विप्लवलाई पार्टीमा स्वागत गर्न पर्खिरहेको छु’ : प्रचण्ड



आज पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।

यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस्