आमा कहाँ खोजुँ ?



आमा शब्द सबैलाई प्यारो लाग्छ । आमा शब्दलाई प्राय सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यहि सन्दर्भमा निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन् । गितान्जली थापामगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमा प्रवेश गरेका छन् । फाल्गुन २० गते बिहिबार हाईलाइटस् नेपाल बाट रिलिज भएको ‘आमा कहाँ खोजुँ ? म्युजिकल स्टोरीमा बाल कलाकार नेरेश्का स्थापितले आमा खोज्ने भुमिका निभाए कि छिन भने रुबि मैनालीले एक बिबश आमा, बिबश्तावश सानी छ महिनाको छोरीलाई खोलाको किनारमा छोड्न विबश आमाको भुमिकामा छिन् । सानी बालिकाको निदोर्ष भुमिका सारिका दाहालकी र आश्रमकी आमा सृष्टी थापामगरको रहेको छ ।

यस कथामा, अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको कथा छ । जन्म दिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ । अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्म दिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भए पनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्म दिने आमाको अभाब खट्की राखेको हुुन्छ ।

एक दिन अचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे । आमाको खोजि गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ ।

यो हाम्रो समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो । आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ? राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न गर्छन् ।

यस सांगीतिक फिल्मामा गितान्जली थापाको स्वर, निर्देशक स्वयंको शब्द, संगीत र अरेन्जर याकुब राई रहेका छन् । दिपक बज्राचार्यको छायाँकन र निर्माणमा टेक बहादुर थापा र राजु थापा रहेका छन् । एम मिडिया प्रा.लि.को निर्माणमा निर्देशक थापामगरले यसअघि द कोरियन ड्रिम, बरिड इन टियस्, ड्रिम एण्ड रियालिटी जस्ता डकुमेन्टरी फिल्मबाट बिभिन्न नौ वटा अन्र्तराष्ट्रिय अवार्ड पाएका छन् ।

कलाकारहरु
नेरेस्का स्थापीत, रुवी मैनाली, सारिका ढकाल, सृष्टी थापा मगर

निर्देशक परिचय अवार्ड-

INTERNATIONL AWARDS
Jury AwardNepal Canada International Film Festival, Canada, 2012
Jury AwardAljazeera International Documentary Film Festival, Qatar – 2013
Appreciation AwardBaghdad International Film Festival, Iraq – 2013
Best Documentary AwardDhaka International Film Festival, Bangladesh – 2014
Rising AwardCanada International Film Festival, Canada – 2014
Second Prize AwardCarnegie Mellon International Film Festival, USA -, 2014
First Prize AwardDay of ethnographic film Festival Slovenia, 2015
AppreciationFilm Development Board, Government of Nepal, 2015
AppreciationCulture, Tourism and Civil Aviation, Government of Nepal, 2016  
DIRECTION/PRODUCTION & NAME OF DOCUMENTARIES 
BURIED IN TEARS41 minutes 
THE KOREAN DREAM27 minutes 
DREAM & REALITY11 minutes 
OH HAN RIVER HEED MY STORY45 minutes 
DOLMA Nepali Feature Movie100 minutes under the production 

प्रतिक्रिया दिनुहोस्