
काठमाडौँ–अमेरिकी सरकारले नेपालबाट चोरी गरी अमेरिका पुर्याइएको मुर्ति नेपाललाई नै फिर्ता गरेको छ ।
ललितपुरको पाटनबाट हराएको लक्ष्मी–नारायणको मूर्ति राजदूत डा. युवराज खतिवडालाई हस्तानान्तरण गरिएको छ ।
शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा एक कार्यक्रमको आयोजना गर्दै अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन का टिमोथी एन ड्युनह्यामले मुर्ति नेपाललाई फिर्ता गरेका हुन् ।
अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी–नारायणको मूर्ति फेला परेको थियो।
अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो। म्युजियमले मूर्ति गत नोभेम्बर ३० मा एफबीआईलाई हस्तान्तरण गरेको थियो।





