विराटनगरका मेयरविरूद्ध सुकुम्बासीको नारावाजी



विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली विरुद्ध सुकुम्बासीहरुले नारावाजी गरेका छन् ।

झण्डै ४० बर्षदेखि वडा नम्बर–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा बस्दै आएका सुकुम्बासी परिवारलाई महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै सुकुम्बासहिरुले मेयर पराजुलीविरुद्ध नारावाजी गरेका हुन् ।

हिजो घर खाली गरिदिनु भन्दै सुकुम्बासीहरुलाई महानगरपालिकाले पत्र पठाएपछि अपराह्न नगर प्रहरीले डोजरसहित घर भत्काउन लागेको थियो ।

तर, जबरजस्ती घर भत्काउन लागेको भन्दै स्थानीयले मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीविरुद्ध नाराबाजी गरेपछि महानगरको टोली फिर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्