सभापति देउवाले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन’



काँग्रेसका युवा नेपता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।

उनले कार्यक्रममा बोल्दै भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छन् । प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तरपनि मलाई प्रधानमन्त्री हुने चाहना छैन’ ।

यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए । उनले भने, ‘संसदीय व्यवस्थापनमा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई यो गर त्यो भन्नुहुँदैन भनेको हुँ । यसमा म प्रतिबद्ध छु ।’

प्रतिक्रिया दिनुहोस्