हामीहरु विधानअनुसार वैज्ञानिक तरिकाले अगाडि बढेका छौं : प्रचण्ड



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बहुमत प्राप्त नेता भएको जिकिर गरेका छन् ।

शुक्रबार सिंहदरबारमा भएको संसदीय दलको बैठकपछि नेता चुनिएका नेता प्रचण्डले आफूहरु विधानअनुसार वैज्ञानिक तरिकाले अगाडि बढेका बताएका छन् ।

अत्याधिक बहुमत साथीहरुको साथमा म दलको नेता बनेको छु, हामी विधान अनुसार बैठक बोलाउन आह्वान गरेर वैज्ञानिक तरिकाले हामीले बैठक गरेका हौ, उनले भने हामी संविधान र प्रक्रिया अनुसारनै जान्छौं ।

उनले आफू संसदीय दलको नेता बन्नुलाई अवसर र चुनौतीको रुपमा लिएको उल्लेख गरे । ओली गुुट र भ्रम मा रहेका नेता कार्यकर्तालाई आधिकारिक पार्टी आफ्नै भएकाले यतै आउन पनि प्रचण्डले आग्रहसमेत गरे ।

उनले निकै जटिल परिस्थिति रहेको भन्दै आफू तत्काल प्रधानमन्त्रीको उम्मेद्वार नभएको भन्दै सबैसँग सल्लाह गरेर अगाडि जाने बताए ।

११५ जनको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौं, दाहालले भने, अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेका हुन् ।

उनले संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नुपर्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्