भ्रमपूर्ण समाचार लेखेर मेराविरुद्ध अनर्गल प्रचार गरियो : सचिव ढकाल



काठमाडौं । प्रवासी नेपाली मञ्ज यूएईका सचिव भेषराज ढकालले आफ्नाविरुद्ध अनर्गल प्रचार गरेको बताएका छन् ।

सञ्चारमाध्यममा भ्रमपूर्ण, खेदजनक र दुराग्रहीपूर्ण समाचार लेखेर आफूविरुद्ध अनर्गल प्रचार गरिएको उनको भनाइ छ । विभिन्न लाञ्छनाहरु लगाएर आफ्नाविरुद्ध समाचार प्रकाशित गरिएकोप्रति ध्यानाकर्षण भएको बताउँदै उनले अनुमानका भरमा लेखिएको समाचारप्रति खेद प्रकट गरेका छन् ।

कपोलकल्पित, भ्रामक, मित्थ्या र दूराग्रहपूर्ण समाचार प्रकाशित गरेर आम मानिसलाई मुर्ख बनाउन खोजिएको आरोप ढकालले लगाएका छन् । तर, सधैंका लागि मानिसलाई मुर्ख बनाउन नसकिने र एक दिन सत्य सत्यनै पुष्टि हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्