निर्वाचन आयोगलाई प्रचण्ड-माधवको पत्र : नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरी पाऊँ



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर निवेदन दिएका छौं’ पाण्डेले भने ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्