प्रचण्ड–नेपाल समूहद्धारा संसदीय दलको नेतामा ‘प्रचण्ड’ नियुक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो । उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो ।

आजको बैठक जेष्ठ सदस्यका हैसियतमा वरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गरेका थिए ।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए । उनले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्