यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति



काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच भएको तीन बुँदे सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।

शुक्रबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा दुबै तर्फका वार्ता टोली संयोजकले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्ता छन् सहमतिका तीन बुँदा

१. दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत ।
२. विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत ।
३. नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत ।

प्रतिक्रिया दिनुहोस्