बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

शुक्रबार काठमाडौं आएका विप्लव दिउँसो प्रधानमन्त्रीसँग भेटवार्ताका लागि उनको सरकारी निवास बालुवाटार गएका थिए ।

वालुवाटारमा भेटवार्तापछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रियसभागृहमा आयोजित सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्