प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव



काठमाडौं । आजै सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

शुक्रबार बिहान काठमाडौं आएका विप्लव दिउँसो निजी नम्बर प्लेटको गाडीमा बालुवाटार पुगेका हुन्।

बालुवाटारमा छलफलपछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभा गृह जाने छन्।

त्यहाँ सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रम छ । कार्यक्रममा दुबै जनाले सम्बोधन पनि गर्नेछन् ।

विप्लव आजै नवलपुरबाट काठमाडौं आएका हुन् । सरकार विप्लवबीच बिहीबार तीन बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्