कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो ।

सांसदहरुका राय लिन बैठक बस्न लगोको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

पुनःस्थापित संसदको बैठक यही फागुन २३ गते अपराह्न चार बजे बस्दै छ । यसअघि नै कांग्रेसले आफ्ना सांसदहरुलाई पुनःस्थापित संसद बैठक नबसेसम्म काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्