काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । विप्लव समूहका एक नेताले भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्