नवलपुरमा झुल्किए विप्लव, आज एउटै मञ्चबाट प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्ल नवलपुरमा देखिएका छन् ।

सरकार र विप्लव समूहबीच बिहीबार ३ बुँदे सहमति गर्दै वार्ता सकिएको थियो । सरकारले विप्लव समूहलाई लगाएको प्रतिवब्ध पनि फुकुवा गरिसकेको छ ।

आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एकै मञ्चमा देखिँदैछन् । काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने तयारी छ ।

काठमाडौंमा सार्वजनिक हुनुअघि नै शुक्रबार बिहान विप्लव नवलपुरमा देखिएका हुन् । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले विप्लवको तस्बिर सार्वजनिक गर्दै उनी नवलपुरबाट काठमाडौं हिँडेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्