सिंहदरबारमा घनश्याम भुषाल र शंकर पोखरेलबीच छलफल



काठमाडौं । राजनीतिक रुपमा विभाजन भइसकेको नेपल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरुले छलफल गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल
र पूर्व कमिटी सदस्य स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयम छलफल भएको हो ।

दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए ।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं । यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो । आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन ।

प्रतिक्रिया दिनुहोस्