विप्लवलाई काठमाडौं ल्याउन सरकारी हेलिकोप्टर ‘स्ट्यान्बाई’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखेको छ । उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ ।

सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन ।

स्रोतले भन्यो, “विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्नेछ ।”

प्रतिक्रिया दिनुहोस्