मेयर बरालले भने : ‘सामान्य भेटघाटको फोटोलाई दुरुपयोग गरि बद्नाम गराउन खोजे’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि फुटको संघारमा आएको नेकपाको आधिकारिक्ताका विषयमा उठेको विवाद कायम रहँदा चलिरहेको बहसलाई आगामी दिनमा पार्टी निति विधि र पद्धतिलाई सहि ढंगले अगाडि बढउनु पर्छ भन्दै फरक मत राख्दै आएका रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले विज्ञप्ति मार्फत प्रचण्ड–माधवको नेतृत्वमा रहेको नेकपामा रहेको बताएका छन् ।

आज जारी गरिएको विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन र क्रान्तिको रक्षाका लागि आफूले उपलब्धिको रक्षा र त्यागको बारेमा बहस गर्न सबै भेटघाट गरेको र सोही विषयमा भएको भेटघाटलाई फोटोको दुरुपयोग गरि बद्नाम गराउन खोजिएकोमा आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, हामी आधिकारी हौ भन्दै मेरो नाम, पद र जिम्मेवारीको विषयमा सामाजिक सञ्जालमा बाहिर आएको र त्यस भ्रममा नलाग्न सबै जनसमुदायलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्