ओलीले नेतृत्व गरेको सरकार अझै दुई वर्ष टिक्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । ओली समूहको नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार नै अझै दुई वर्ष टिक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गरिएक क्रियाकलाप निरर्थक हुने उनले बताए । बिहीबार बुटवल आएका पौडेलले पत्रकारसँग संक्षिप्त कुरा गर्दै ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र र कोशिश निरर्थक, व्यर्थ र असफल हुने बताए ।

‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधि सभामा पनि बहुमत छ, प्रतिनिधि सभाको बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ र उहाँलाई हटाउने कोशिश निरर्थक, व्यर्थ र असफल हुन्छन्,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्