प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ ।

नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समुह आयोगमा जान लागेको हो ।

अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो ।

यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयायेगले यसबारे कुनै निर्णय गरेको छैन । ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड माधव समूह असन्तुष्ट छ ।

प्रतिक्रिया दिनुहोस्