
काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लाग किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो ।
यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दान रहेको कृषि तथा पशुपन्छि विकासमन्त्रि पद्माकुमारी अर्यालले बताइन ।
आगामी धानको सिजनका लागि दुई लाख मेट्रिकटन रासायनिक मल मौज्दात रहने उनको दाबी छ ।





