सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकियो



काठमाडौं । सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सकिएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।

यसअघि बुधबार बिहान पहिलो चरणको वार्ता भएको थियो ।

वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्