
काठमाडौं । नेकपा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाका बुबा हरि प्रसाद बास्कोटाको निधन प्रति दुःख व्यक्त गरेका छन् ।
बागमती प्रदेश कमिटीका अध्यक्ष पोखरेलले जारी गरेको शोक वक्तव्यमा दिंवगत हरिप्रसाद बास्कोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको उल्लेख गरिएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका- ४मा रहेका बास्कोटाको ९४ वर्षको उमेरमा निवासमै निधन भएको थियो ।






