सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।

नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।

उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्