सांसदहरुबीच संयुक्त छलफल गरौं : जनार्दन शर्मा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले नेकपाका सबै सांसदहरुबीच संयुक्त छलफल गर्न प्रस्ताव गरेका छन् ।

संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको भन्दै उनले सचिवालय सदस्यहरु बाहेकका सांसदबीच छलफल गर्न प्रस्ताव गरेका हुन् ।

जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको उनको भनाइ छ ।

सचिवालय सदस्यहरु बाहेकका सांसदहरुले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु, शर्माले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्