प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकियो, संसदीय दलको नेता परिवर्तन गर्ने



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेण्डा तय गरेको छ । यो एजेण्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले अनुमोदन गर्ने भएको छ ।

स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेण्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई चयन गर्ने निर्णय गरेको थियो ।

तस, पुस ५ यता भएका पार्टीका निर्णयहरुलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो ।

केहीबेरपछि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्