नेकपा एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न



प्रेमप्रशान्त बोहरा, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कार्यक्रम अनुसार रुकुम(पश्चिम)मा संचालन भएको एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न भएको छ ।

समिक्षामा वर्तमान विकसित राजनीतिक घटनाक्रम, अभियानको प्रभावकारीता र उपलब्धि र हाम्रो पार्टीको पछिल्लो कार्यनीतिको बिषयमा जिल्ला पार्टी कार्यालय सदस्य अमृतले बिषय राखेका थिए ।

No description available.

समिक्षा बैठकमा बोल्दै अमृतले पार्टीले संचालन गरेको एकीकृत जनदिशा अभियानले पार्टीको निति, विचार र कार्यक्रमलाई श्रमजीवी जनताको बीचमा सम्प्रेषण गर्न सफल भएको बताए ।

No description available.

बैठकमा सहभागी अभियान यात्रीहरुले बैठकमा अभियानको क्रममा प्राप्त गरेका संगठानिक, राजनीतिकका उपलब्धिहरु र अभियानलाई थप, व्यवस्थित, प्रभावकारी र उपलब्धिमुलक कसरी बनाउने भन्ने बिषयमा सल्लाह, सुझाव राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्