प्रचण्डले लगाए कोरोनाविरूद्ध खोप



काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

बुधबार सिभिल अस्पताल पुगेर प्रचण्डले कोरानाविरुद्ध खोप लगाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरु र सांसदलाई आज कोरोनाविरुद्ध खोप लगाइँदैछ ।

बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको हो । प्रतिनिधि सभा बैठक फागुन २३ गते अपरान्ह ४ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्