नख्खुदोबाटोमा गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु



काठमाडौं । बुधबार बिहान ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

बिहान सवा ५ बजे बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो ।

ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

उनी कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । क्याम्पस जान लागेकी उनलाई जिपले ठक्कर दिएको महर्जनले बताए ।

ठक्करपछि उनको उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताला लग्ने क्रममा मृत्यु भएको थियो । प्रहरीले जीप र चालक प्रविण गिरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्