थप ७८ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको छ । अब नेपालमा मात्र ९ सय ७४ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कसैले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्