उपचारपछि स्वदेश फर्किए डा.बाबुराम भट्टराई



केहीदिन अघि उपचारका लागि भारतको नयाँ दिल्ली गएका जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेपाल फर्किएका छन् ।

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकापछि उनी स्वास्थ्य परिक्षण तथा उपचारका लागि दिल्ली गएका थिए । ट्युमरमा क्यान्सर भएको पुष्टि नभएपछि उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई स्वदेश फर्किएका छन् । उपचारका लागि भारतको नयाँ दिल्ली गएका उनी उपचारपछि स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्