बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भयो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ ।

कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा.कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्