ताप्लेजुङका आगलागी पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनस्र्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको छु ।

प्रतिक्रिया दिनुहोस्