दोभान बजारमा तत्काल राहत उपलब्ध गराई पुनर्निर्माण गर्छौं : प्रधानमन्त्री अ‍ोली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निमार्ण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताए । दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।

मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ । उनले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।

आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरेको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्